शहिद भीमदत्त पन्तलाई सम्झंदा

-नवराज भण्डारी

आज साउन १७ गते । विक्रम सम्वत् २०१० साउन १७ गते तत्कालिन किसान क्रान्तिका नायक भीमदत्त पन्तको टाउको काटी हत्या गरिएको दिनको सम्झनामा देशैभरि आज ‘शहीद भीमदत्त पन्तको ६६ औं स्मृति दिवस’ मनाइँदै छ । मुख्य कार्यालय अमरगढी २ काराीगाउँ रहेको शहिद भिमदत्त पन्त स्मृती प्रतिश्ठानले आज डडेल्धुरामा विभन्न कार्यक्रम आयोजना गरि मनाएको छ । वाग वजारमा रहेको शालिकमा माल्यापर्ण पछी उपक्षेत्रिय अस्पताल डडेल्धुरामा फलफुल वितरण अन्तरक्रीया गरिएको प्रतिष्ठानका अध्यक्ष लोक राज पन्तले टपलाईन खवरलाई वताए । शहिद भिमदत्त पन्तलाई अभिल्लो ९ महिने केपीओली सरकारले शहिद घोषणा गरेको थियो ।

प्रारम्भिक जीवन

नेपाली किसान आन्दोलनका महान शहिद भीमदत्त पन्त डडेल्धुराको कारीगाउँमा १९८३ मंसिर १० गते जन्मेका भीम दत्त पन्त आमा सरस्वती पन्त र बुवा तारनाथ पन्तका सुपुत्र हुन । उत्तरप्रदेश भारतको सिन्हाईबाट संस्कृत बिषयमा हाईस्कुलसम्मको अध्ययन गरेका पन्तलाई गीता र मार्क्सवादको राम्रो ज्ञान थियो ।डडेल्धुराको विरखन भन्ने ठाउँमा संस्कृत पाठशाला खोले।  सामन्ती संस्कारका बिरुद्ध आफ्नै घरबाट बिद्रोह गर्ने ब्यक्ति पनि भीम दत्त पन्त नै थिए । २००१ सालमा भारत पढ्न गएका पन्त अङ्ग्रेज हटाउने आन्दोलनमा लाग्दा पक्राउ परी २००३ सालमा छुटे।

राजनीतिक यात्रा
पन्तले नेपाल फर्केर २००६ सालमा नेपाली कांग्रेस पार्टीको सदस्यता लिए । सामाजिक भेदभाव सहन नसक्ने भीम दत्त पन्तले २००७ सालदेखि आन्दोलनको शुरुवात गरे । त्यस बेला उनलाइ भीम दत्त काँग्रेस भन्ने गरिन्थ्यो । २००८ सालको किसान आन्दोलनमा मतभेद आएपछि काङ्ग्रेस पार्टी छाडे। त्यसपछि कम्युनिष्ट पार्टीतिर लगाव राख्दै गरेका पन्तले २००९ सालमा काठमाडौं आएर पार्टीसँगै सम्पर्क गरे । सामन्ती संस्कारका बिरुद्ध आफ्नै घरबाट बिद्रोह गर्ने पहिलो व्यक्ति पनि भीमदत्त पन्त नै थिए ।  गरीब दलित जनजाती किसानहरुलाई संगठित गरी राणा बिरोधी आन्दोलनमा समेत भीमदत्त पन्तको ठूलो भूमिका रहृयो । तर २००७ सालको राजनीतिक परिवर्तनपछि कांग्रेसले गरेको ब्यवहार उनलाई मन परेन । उनले क्रान्ति पूरा भएको छैन भनि राणासँग मिलेर बनाएको सरकारको बिरोध गरे । परिवर्तनको पक्षमा स्पष्ट अडान भएका भीमदत्त पन्तले दलित मगर र थारुहरु संगठित गरि मुक्ति सेना गठन गरे । नेपालगञ्जका गौरीलाल र रुपिसंह दुई जना सेनाका कमान्डर थिए ।

दक्षिण भारत पाजावका एक जना विद्वान कृष्ण स्वामी एंगर योजनाकार थिए । गर्बु थारु र लवरा थारु मन्त्री थिए । भान्सामा दलितहरुलाई सहभागि गराउन थाले । किशानहरुलाई बेदखल गर्ने उनीहरुको नाममा जाली तमसुख बनाउने श्रमशोषण गर्ने ठालुहरुलाई कारवाही गर्न थाले । उनीहरुलाई दलितको भान्सामा खाना खान लगाउँथे । यस ब्यवहारबाट कुडिएका ठालुहरु उनलाई पागल भन्थे । पछि भीमदत्त आफै पनि ठालुहरुलाई परिचय दिंदा पागल पन्त भन्ने गर्थे ।
काँग्रेससित बैचारिक भिन्तता आएपछि उनले अभिवादन गर्दा जय नेपाल भन्न छोडेर जय जनता भन्न थाले । केही ठाउँमा जय नेपाल भन्नेलाई कारवाही पनि गरेका थिए । उनले भन्ने गर्थे म अहिले जे गर्दैछु भोली यस्तै हुन्छ । त्यसैले आजैदेखि अन्याय अत्याचार छोड्नुपर्छ । उनको क्रान्ति बिरोध गर्ने र कारवाही गर्नेमा मात्र सिमित थिएन । गरीबहरु संगठित हुनुपर्छ । अन्न खेर फाल्नु हुँदैन । उत्पादन बढाउनुपर्छ । अनावश्यक खर्च घटाउनु पर्छ । प्रकृति बिग्रने काम गर्नु हुँदैन जस्ता कुरामा पनि सचेतना अभियान चलाएका थिए ।

राजनीतिक गतिविधि
‘कि त जोत हलो, कि त छोड थलो, होइन भने अब छैन भलो’ भन्दै सशक्त रुपमा किसान आन्दोलन गर्ने विद्रोही नेता भीमदत्त पन्तले किसानको हक हितका बारेमा आवाज उठाएका थिए । नेता पन्तले त्यति बेलाका गरीब सर्वसाधारणले नुन समेत खान नपाएको देखेर नुन आन्दोलनको समेत घोषणा गरेका थिए । कञ्चनपुरको ब्रह्मदेवमा रहेको गोदामबाट गरीबहरुलाई नुन वितरण गरेक थिए ।

उनी जसको जोत उसको पोत, कमैया प्रथा उन्मूलन आदिमा लागे ।

मृत्यु
भिमदत्त पन्तलाई फासी दिइएको थिएन तर उनका साथीले धोका दिएका थिए । उनलाई डडेलधुरा जिल्लाको जोगबुढाको बिर्खमको जंगलमा गोली हानी मारिएको थियो । पन्त लुकको ठाउँ उनकै साथीले देखाएका थिए । उनलाई मार्न भारत बाट समेत सैनिक बोलाईएको थियो ।

उनलाई २०१० साल श्रावण १७ गते पक्राउ गरियो र भोलिपल्ट स्थानीय सामन्तीहरूको मदतमा सिपाहीद्वारा टाउको काटेर मारियो । पछि उनको टाउको काटि डडेलधुराको चोकमा झुन्ड्याइएको थियो ।

विश्लेषण
किसान नेता पन्तले गरेका आन्दोलनबारे खोज गरेर प्रकाशन भएका पुस्तकहरुमध्ये लेखक तथा प्राध्यापक कल्याण ओझाको २०६३ मा प्रकाशित शहीद भीमदत्त पन्त नामक कृति निकै सान्दभिर्क देखिन्छ । उक्त कृतिमा उल्लेख भए अनुसार अन्याय र भेदभाव सहन नसक्ने स्वभावका भीमदत्त पन्तले २००७ साल देखि नै आन्दोलनको सुरुवात गरेका थिए । उठ जाग रे, नेपाली नवजवान जागरे, नेपालमा तमु म, नेपाल देशलाई स्वतन्त्र बनाँउ रे आदि उनका देशभक्ति गीत पनि रहेको उनका दाजु यदुनाथ पन्त बताउनुहुन्छ । त्यस्तै स्थानीय भाषाको बम्बै जाने रेलगाडीमा दिल्लीको माल आयो, गरीबका दिन आया ठालुको काल आयो भन्ने उनको चचिर्त गीत रहेको पन्त अझै सम्झना गर्नुहुन्छ ।


अर्काइभबाट संशोधनसहित

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.