शहिद जन्मेको अमरगढी २ कारीगाउँ भिमदत्त आदर्श बस्ती बन्दै

नवराज भण्डारी

शहिद भिमदत्त पन्तको ६६ औं स्मृति दिवसको अवसरमा उनलाई सम्झनेहरुले उनको सपना अधुरै रहेको बताएका छन् ।

शहिद भिमदत्त प्रतिष्ठानका केन्द्रिय अध्यक्ष लोकराज पन्तले शहिदले कोरेका सपना जुन समयमा भए पनि उत्तिकै सान्र्दभिक भएको समेत स्पष्ट पारे । ६६ औं स्मृति दिवसको अवसरमा उनले शहिद पन्तलाई सम्झदै भने त्यत्ति बेलाको शहिदको सपना अझै पुरा भएको छैन ।

गत १७ गते आयोजित स्मृति सभामा बोल्दै नेकपा का नेता धन बहादुर साउँदले भिमदत्तको मृत्यु अझै पनि भारतिय सेनाको सहयोगमा मारिएको हो वा तत्कालिन नेपाल सरकारले मारेको हो बिरोधासपूर्ण कुरा रहेको बताए । उनका योगदानहरुका बारेमा चर्चा गर्दै साउँदले शहिदले गरेका राम्रा कामको समाजमा व्यवहारमा उतार्न नसकेको उनले बताए । प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले भिमदत्त पन्तका सहासी कामको वर्तमान समयमा अनुसरण गर्नु पर्ने बताए ।
पन्तले शिक्षा क्ष्ँोत्र सामाजिक कुरिति जसको जोत उसको पोत अभियानलाई वर्तमान सरकारले पुरा गर्न सके समाजमा प्रगतिशिल काम हुने बताए । नेकपा का अर्का नेता तुलाराम बोहराले समाज प्रगतिशिल ढंगले हिडाउने कुरा गर्ने शहिद भिमदत्तको योगदान बारे राज्य मौन जस्तै भएको आफूलाई लागेको बताए । पन्तको मृत्यु भएका उतिबेलाको गल्लेक क्षेत्र विकासको पर्खाईमा रहेको र भिमदत्तलाई त्यत्ति खेर सेल्टर दिन जनताहरु विकासबाट बञ्चित अझै सम्म भएको गुणासो गरे ।

भिमदत्त बारे अध्ययन अपुरो रहेकोले थप ऐतिहासिक रुपमा अध्ययन गर्नुपर्ने पत्रकार डि.आर. पन्त बताउछन् । कार्यक्रममा भिमदत्त बारे जेसुकै बिरोधाभास कुरा आएपनि उनी राज्यका शहिद र जनताका लागि लडेका कारण उनले कुन राजनितिक पार्टी संग आस्था राखेका थिए भनेर विवाद गर्नुको कुनै तुक नभएको पत्रकार नबराज भण्डारी बताउछन् । भिमदत्तले देखाएको मार्गमा अगाडि बढ्न सके तीन तहको सरकारले प्रदेश नं. ७ का विभिन्न क्षेत्रमा उनका कार्यलाई अंगिकार गर्नुपर्ने कार्यक्रमका वक्ताहरु बताउछन् ।

अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वर प्रसाद ओझा भन्छन् । भिमदत्त जन्मेको ठाउँलाई अमरगढी नगरपालिकाले आदर्श वस्तीका रुपमा विकास गरिरहेको म्युजियम लगायत होमस्टेको शुरुवात कारीगाउँबाट गर्ने समेत बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.