अन्राष्ट्रिय जडिबुटी दिवस डडेल्धुरामा भव्यताका साथ सम्पन्न

नवराज भण्डारी

पतन्जली योग समिति डडेल्धुराद्वारा विश्व जडिबुटी दिवसडडेल्धुरामा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति डडेल्धुराको सभाहलमा आयोजित अन्तरक्रिया तथा दिप प्रज्ज्वलन सहित कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला योग समिति डडेल्धुराले आचार्य बालकृष्ण महाराजको ४७ औं जन्म उत्सव समेत उनको तस्वीरमा टिका फुल गर्दै मनाईएको छ । योग समिति डडेल्धुरा जिल्ला युवा प्रभारी तिलकराज भट्टले ७ प्रकारका जडिबुटीको मानव शरिरलाई पार्ने व्याख्या समेत गरेका थिए । यसै गरी कार्यक्रमलाई अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वर प्रसाद ओझाले योग क्षेत्रमा आफ्नो तर्फबाट सबै प्रकारका सहयोग गर्न आतुर समेत रहेको बताए ।

अमरगढी नगरपालिकाले योग शिक्षा सिकाउन यसै वर्ष १ लाख २० हजार रकम समेत विनियोजित गरेको स्वास्थ्य शाखा प्रमुख लोकराज पनेरुले बताए । पनेरुका अनुसार योग शिक्षा मार्फत स्वस्थ समाज निर्माण गर्ने जडिबुटी क्षेत्रको विकास तथा पहिचान गर्ने अभियानमा आफू लागिपरेको कार्यक्रममा बताए ।

डडेल्धुरा जडिबुटीको अपार सम्भावना भएको ठाउँ भएकाले यहाँका जडिबुटीलाई प्रशोधन गरी औषधी उत्पादन गर्नसके स्थानीय रोजगारी समेत हुने प्रदेश नं। ७ का युवा सह प्रभारी गोबिन्द खडायत बताउछन् । खडायत भन्छन् डडेल्धुरा क्षेत्रमा योग शिक्षा र आयुर्वेद क्षेत्रमा युवाको क्रेज बढ्न थालेकाले आउदा दिनमा राज्यले ध्यान पु¥याउन सके स्वस्थ समाज निर्माण हुने कार्यक्रममा बताए । अन्तराष्ट्रिय जडिबुटी दिवस मार्फत अहिलेको समयलाई हरेक ठाउँमा बिरुवा रोपेर घर घर रोग मुक्त बनाउनुपर्ने समेत उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.