१३ वर्षीया किशोरीको बलात्कारपछि घाँटी थिचेर हत्या !

कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया किशोरीको ११ दिनअघि बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको खुलेको छ ।

प्रहरीले किशोरीको पोष्टमार्टम रिपोर्टबाट उक्त कुरा पुष्टि भएको जनाएको छ। ‘हामीले जे आश‌का गरेका थियौं, त्यही पुष्टी भयो’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी ज्ञान बहादुर सेठीले भने। तर बलात्कार गर्ने समुहमा थिए वा एक्लैले गरेको हो भन्ने कुरा अझै खुल्न नसकेको प्रहरीले जनाएको छ।

‘अहिलेसम्म घट्नास्थल पहिचान गर्न सकेका छैनौं’ डिएसपी सेठीले भने, ‘शव भेटिएको स्थानमा पानी भरिएका कारण कति जनाको संलग्नता हो भन्ने विषयमासमेत यकिन हुन सकेका छैनौं।’

उनले सामुहिक हो की होइन भनेर ‘भ्याजिनल स्वाव’ जाँच गर्न पठाएको बताए। तर, उक्त जाँचको प्रतिवेदन आउन महिनौं समेत लाग्न सक्ने उनको भनाई रहेको छ। उनले शव भेटिएका दिन घट्ना स्थलमा पानी धेरै भएका कारण अनुसन्धानमा समस्या भएको बताए।, आजकोकान्तिपुर दैनिकमा यो खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.