ओम्याक्स सिनेमा हलमा आगलागी हुदा ६ करोड बढी क्षति

मकवानपुरको हेटौंडा उपमहानगरपालिका—४ स्थित ओम्याक्स सिनेमा हल भएको आगलागीबाट ६ करोड बढी क्षति भएको छ ।

आज बिहान करीब १० बजे सिनेमा हलको पर्दामा विद्युत सर्ट भई आगलागी भएको प्राविधिकहरुले अनुमान गरेका छन् । आगलागीबाट हल भित्रको प्राजेक्टर, सिट, साउन्ड सिस्टम लगायत सबै उपकरण जलेर नष्ट भएका छन । आगलागीबाट हलको भवन पनि क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

अमलेखगञ्ज र हेटौंडा उपमहानगरपालिकाको २ वटा दमकल, नेपाली सेना, प्रहरी, शसस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा २ घन्टापछि आगो निभाइएको थियो । चलचित्र निर्माता, वितरक एवं चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जनले २०६९ साल जेठदेखि हल सञ्चालन गर्दै आएका थिए ।

करीब चार करोडको लागतमा २०६८ सालमा सो हलको निर्माण गरिएको थियो । ८ कठ्ठा जमिनमा निर्माण गरिएको उक्त हलमा साढे ४ सय जनाले एकसाथ चलचित्र अवलोकन गर्न सक्थे । उक्त हलमा कायरा फिल्म प्रदर्शन भइरहेको थियो । आगलागी हुँदा फिल्म सञ्चालन भएको थिएन ।

दिउँसो १२ बजेमात्र फिल्मको ‘सो’ थियो । सम्पूर्ण डिजिटल सिस्टममा निर्माण भएको ओम्याक्स फिल्म हल काठमाडौंको सिभिल महलको जस्तै क्युएफएक्स ब्राण्डेड प्रविधि र डिजाइन रहेको थियो । हलमा कम्प्युटरबाट टिकट सिस्टम, इन्टरनेटबाट टिकट बुकिङ गर्ने लगायतका सुविधाहरु थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.