ढकालको ह्याट्रिक सँगै त्रि.वि पराजित

काठमाडौं ।  शिक्षा शास्त्र केन्द्रिय विभागका विद्यार्थी र लोकदोहोरी कलाकारहरु बिच किर्तिपुरमा मैत्रिपूर्ण फुटवल सम्पन्न भएको छ ।

खेलकुदको विकास र कलाकारको सम्मानका लागि खेल खेलिएको अनेरास्ववियू त्रि.वि का नेता सञ्जय कार्किले बताए ।
मैत्रिपूर्ण खेलमा कलाकारको टिमले शिक्षा शास्त्र केन्द्रिय विभागको टिमलाई ५–३ ले पराजित गरेको हो ।

मैत्रिपूर्ण खेलका स्ट्राइकर चिर्चित लोक गायक राजु ढकालले ह्याट्रिक गरेका थिए । कलाकारको तर्फबाट रविन लामिछाने र डम्बर नेपालीले गोल गरेका थिए ।

कलाकारको टिमले सरुबाटै अग्रता लिएको थियो भने केन्द्रिय विभागका विद्यार्थीहरुले खेलको हाफ सम्म पनि अग्रता लिन सकेन ।

कलाकारको टिमलाई कमजोर आँकलन गरको हुनाले खेलमा पराजय भोग्नु परेको विद्यार्थी तर्फका खेलाडी प्रविण खड्काले बताए ।
खेल सोहादर्य बतावरणमा सम्मपन्न भएको खेल स्वास्थ्यका लागि महत्वपूर्ण हुने अनेरास्ववियू त्रि.विका नेता कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.