नासाद्वारा सूर्यको सतह अध्ययनका लागि रकेट प्रक्षेपण

अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा) ले सूर्यको सतह अध्ययनका लागि एक अर्ब ५० करोड अमेरिकी डलरको महत्वकांक्षी एवं ऐतिहासिक अभियान सफल बनाउन अन्तरिक्ष रकेट प्रक्षेपण गरेको छ ।

यो अभियानले सौर्य क्रियाकलापको रहस्य पत्ता लगाउने अपेक्षा वैज्ञानिकहरुले गरेका छन् । फ्लोरिडाको केप कानाभरालबाट दी पार्कर सोलार नाम दिइएको अनुसन्धानका लागि डेल्टा–४ रकेट प्रक्षेपण गरिएको हो । हालसम्मकै तीब्र गतिको रकेट स्थानीय समयअनुसार बिहान ३: ३१ बजे प्रक्षेपण गरिएको बीबीसीले उल्लेख गरेको छ ।

योसँगै इतिहासमै पहिलोपटक मानव निर्मित वस्तु सौर्य प्रणालीको सबैभन्दा नजिक पुग्नेछ । सात वर्षको यस मिसन अन्तर्गत पार्कर सोलार प्रोब सौर्य वायुमण्डलमा प्रवेश गर्नेगरी निर्माण गरिएको छ । यसलाई शक्तिशाली ताप प्रतिरोधकले सुरक्षित गरिएको छ ।

नासाका वैज्ञानिकहरुका अनुसार, यो अन्तरिक्ष यान सूर्यको सतहबाट ३८ लाख माइलभित्रको क्षेत्रमा प्रवेश गर्नेछ जसलाई कोरोना भनिएको छ । यो क्षेत्र सूर्यको सतहभन्दा ३ सय गुणा बढी तातो हुने ठानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.