कविता

 

सहरमा बलात्कार हुन्छ

अनुसन्धान हुन्छ

हप्तौं समय लाग्छ र यौटा पागललाई बलात्कारि करार दिइन्छ

त्यही सहरमा हत्या हुन्छ

अझै अनुसन्धान हुन्छ

महिनौं समय लाग्छ र अर्को पागल खाेजेर कसुर कबाेल गराइन्छ

“हो हजूर म नै हत्यारा हूँ” त्यही सहरमा बलात्कारपछि भयभीत मान्छेहरुकाे भीड हुन्छ

जाे चाेकचाेकमा धारे हात लाएर गफ दिन्छन्

“भाेलि यस्तै अपराधकाे शिकार हामी पनि हुनसक्छौ” तर त्यस्तो हेक्का हुदैन

त्यो भीडलाई गफैगफकाे चाङमा सगरमाथा चढ्छन र मठाधिशकाे।

सिफारिसमा चुपचाप चुपचाप अनि चुपचाप बस्छन् ।

सरकार !

जब यौटा पागल आफ्नो पागलपनमा उत्रिन्छ

तब, उसले नजिकमा ‘उखुबारी’ खाेज्दैन ‘कण्डम’ किन्न ‘मेडिकल’ धाउदैन सिधै सडकमै ढलाउँछ आफ्नो ‘सिकार’ र आफ्नो पागलपनकाे परिचय दिन्छ ।

त्यसैले, सरकार ! अब प्रहरी होइन प्रत्येक जिल्लामा यौटा पागलखाना खाेलिदेउ ताकि, व्यर्थकाे अनुसन्धानमा सरकारी खजाना नरित्तियाेस् अपराध हाेते ही यौटा पागल ल्यायो कसुर कबाेल गरायो पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्‍यो र सिद्धियो अनुसन्धान पनि सिद्धियो कानून पनि र जब कानून नै सिद्दिन्छ तब अरु बाकी नै के रहन्छ र…… ????

#रामरामराम#

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.