राजा हराए, पुनको राजा कहिल्यै हराएन

खेल भनेको मानिसले रमाइलोका लागि गर्ने बुद्धि र शरिरको परिचालन हो । यसको मुख्य उदेश्य मनोरञ्जन हो । कुनै खेलले खेल्ने मान्छेलाई मात्र मनोरञ्जन दिन्छ भने कुनै खेलले हर्ने दर्शकहरुलाई पनि मनोरञ्जन दिन्छ । त्यसैले संसारका विभिन्न देशहरुमा विभिन्न प्रकारका खेलहरु खेलिन्छन् ।

नेपालमा पनि परम्परागत खेलहरु छन् । लुकामारी, डन्डीबियो, खोपी,  ध्वाइँकासा, बुद्धिचाल आदि नेपालका परम्परागत खेलहरु हुन् । कुनै खेलहरु संसारका सबै ठाउँमा खेलिन्छन् । फुटवल, भलिवल, दौड, पौडी, सिकार आदि संसारभर खेलिने खेल हुन् ।

शारीरिक बल र बुद्धिको प्रयोग गरी खेलिने खेललाई अङ्ग्रेजी भाषामा स्पोर्टस् र नेपालीमा खेलकुद भनिन्छ । नेपालमा पनि यी खेलहरु खेलिने गर्दछन् ।  परम्परागत खेलहरु मध्ये निकै चलनचल्तीमा रहेको खेल हो बुद्धिचाल । बुद्धिचाललाई  भारतमा शतरञ्ज तथा अन्य प्रायः देशहरुमा चेस भनिन्छ । अरु सबै खेलभन्दा चेस बौद्धिक खेल हो ।

हाम्रो पौराणिक कथाहरुमा पनि चेस रावणले आविष्कार गरेको भन्ने उल्लेख पाइन्छ । विश्वमा पहिलो प्रकाशित पुस्तक ट्रोजन हर्षको सिरिज हो भने दोस्रो चेस हो ।

चेस खेलाडीहरुको वर्गिकरण खेल्ने स्तर अनुसार गरिएको हुन्छ । चेस राम्रो खेल्नेलाई चेस मास्टर भन्ने गरिन्छ । चेस मास्टरहरु स्थानीय विजेतालाई रिजनल मास्टर भनिन्छ । राष्ट्रिय विजेतालाई नेशनल मास्टर भनिन्छ । अन्तर्राष्ट्रिय विजेतालाई ईन्टरनेशनल मास्टर भनिन्छ । त्यस्तै विश्वको सबैलाई जित्नेलाई ग्राण्डमास्टर भनिन्छ ।

बुद्धिचालमा निकै बुद्धि लगाउने पूर्वी रुकुम भुमे गाउँपालीका चुन्वाङ् – ९ का युवा खेलाडी बविदेवल पुन पछिल्लो समय निकै चर्चामा छन् ।

पुन विभिन्न क्लबहरुले संचालन गर्न बुद्धिचालमा भाग लिन्छन् र आफ्नो पहिलो स्थान जहिले पनि सुरक्षित गर्छन् । यो सबै भन्दा महत्वपूर्ण बुद्धि लगाउने कलामा उनी निकै अगाडि छन् । पुन स्थानीय, जिल्ला, क्षेत्रीय अवाड जिति सकेका छन् ।

बुद्धिचालको नियम अनुसार स्थानीय विजेतालाई रिजनल मास्टर भनिन्छ । पुन रिजनल मास्टरको स्थानमा रहेका छन् । पुनको यो खेलमा चमत्कार के छ भने राजलाई जुन सुकै परिस्थीतिमा पनि आफ्नो अनुकुलतामा बचाएर राख्छन् । यही कारण विपक्षीलाई सजिलै हारको नजिक लग्छन् र विजयी हुन्छन् । अरुलाई नराम्रोसँग झुक्याउने यो खेलमा उनी निकै अगाडि छन् ।

बुद्धिचालमा चतुर पुन २०५१–१–२१ गते आमा धनकला पुन बुवा आश बहादुर पुनका जेठो छोराका रुपमा जन्मीएका हुन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.