ऋषि पञ्चमी पाप पखाल्ने दिन नभई रजस्वला सरसफाई दिवसको रुपमा मनााईनु पर्छ

सरास्वती सुवेदी   ।

ब्रह्माण्ड पुराण अनुसार भाद्र शुक्ल पक्षको पञ्चमी तिथिलाई ऋषि पंचमी भनिन्छ । श्रीमद्भागवत, गरुड पुराण लगायत अन्य पुराणहरूमा लेखिए अनुसार देवराज इन्द्रलाई ब्रह्महत्याबाट लागेको पापलाई मुक्त गर्नका लागि चार भाग लगाई एक भाग नारीहरूको मासिक रक्तमा प्रवेश गराएकोले त्यसैका कारण उनीहरू चौथो दिनसम्म अशुद्ध रहन्छन्। भविष्योत्तर पुराणमा भनिएको छ भगवान ईन्द्रले त्वष्टा ऋषिको छोरा वृत्तासुरलाइ मारे पछि ब्रह्माजीले भगवान ईन्द्रले गरेको पापलाई मोचन गर्न त्यो पापलाई चार ठाउँमा बाँडिदिए ।  जस अनुसार पहिलो पापको पूल्ठो अग्निको धूँवा मिश्रित ज्वालामा , दोश्रो नदिहरुमा बग्ने फींज भएको बर्षाको जलमा ,तेश्रो पहाड पर्वतमा भएका रुखमा उम्रिने एञ्जेरु तथा सेपमा बसेको ढुङ्गाको काइको रुपमा तथा चौथो नारीजातिहरुको रजस्वालाको रुपमा  बाँडिइएको भन्ने प्रचलन छ । यसकारण मासिकरुपमा हुने रजस्वलाको समयमा लाग्ने पापहरुको निवृतिको लागि यो पञ्चमी पुजा गरिन्छ भन्ने प्रचलन रहदै आएको पाइन्छ ।


आजको एकाईसौ शताव्दिका हामी नेपाली नारीहरु अझै पनि यस्ता खालका रुढीवादी र कुसंस्कारलाई अगाल्दै हिड्ने हो भने हामी नारीहरु अभै पनि चुलो चौकोमै सिमित हनु पर्ने छ । शिक्षित नारीहरुले सामाजिक कुरुति, अन्धविश्वासका बारेमा खुलेर बोल्नु पर्न बैलामा चुप लागेर बस्नु अज्ञान्ता  हो । शैद्धान्तीक शिक्षालाई जब सम्म जिवन व्यवहारमा लागु गरिन्न तव सम्म हामी नेपाली हिन्दु नारीहरुले पुरुसवादी समाजको पक्षमा बोल्दै हामी नारीहरु अपहेलित हुनु पर्ने छ ।


 रजस्वला हनु पाप हो ? पक्कै पनि होईन यौ जैविक प्रक्रिर्या हो । यो नियमित प्रक्रिया हो । रजस्वला हुनु भनेको एक महिला सन्तान उत्पादन प्रक्रियामा परिपक्क हुनु होईन र !  यो कहाँ बाट पाप सँग जोडिएर आयो । जब नारी रजस्वला हुन रोकिन्छे तब सन्तान उत्पादन प्रक्रिया बन्द हुन्छ । यो त साँचो कुरा हो नी, किन यो समाज विज्ञानलाई पनि गलत भन्दै छ । यो विषयमा अवाज उठाउने को ? के हामी शिक्षित भनिने नारीहरुले  आँखा बन्दगरेर बस्ने हो । महिलाई अधिकार चाहिन्छ  भन्ने हामी नै होइनौं । अधिकारको लागि लड्दा अन्धकारलाई चिर्ननसक्ने नारी किन बन्दै छौं ? यो समय मौन बस्ने समय होइन केहि गर्न समय भएकाले अहिले नै साच्दा उपयुक्त होला की !

हामी शिक्षित र शहरका नारीहरुले नेपालको शुदुरपश्चिम र मध्यपश्चिममा छाउ प्रथा देख्छौं तर आप्नो घर भित्रको छाउ प्रथा देख्दैनौं । यसको अन्त अरु कसैले गरिदिन्छ भनि सोच्नु मुर्खता हो । यो प्रर्थाको अन्त म र हामी बाट गर्नु पर्दछ ।

नारीहरु भनेको माया र शक्तिका प्रतिमुर्तीहरु हुन र देवीहरु हुन त्यसैले त शास्त्रले पनि नारीलाई यसरी वर्णन गरेको छः

या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥

या देवी सर्वभूतेषु ज्ञानरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥

या देवी सर्वभूतेषु एश्वर्यरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥


सनं २०१४ देखि प्रत्येक बर्ष  मे २८ को दिन विश्वभर रजस्वला सरसफाई दिवसको रुपमा मनाईन थालेको छ । हामी नेपाली नारीहरुले पनि गलत कुरा अन्धविश्वास रुढीवादी परम्परालाई  छोड्दै राम्रा कुरालाई आत्मसाथ गदै नारीहरुको महान चाड तिजलाई नारी रजस्वला हनु पाप होइन नारी रजस्वला हुनु नारी सबल हुनु हो भन्ने सकारात्मक सन्देश दिने चाडको रुपमा मनाउन जरुरी छ । ताकी पाप पखाल्ने पर्वकको रुपमा हाईन ।

सरास्वती सुवेदी महिला हकहितको बारेमा कलम चलाउने समाजसेवी महिला हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.