ईण्डिया समुह विजेता, न्युजिल्याण्डलाई सान्त्वना जित

अष्ट्रेलियालाई हराउँदै ईण्डिया समुह विजेताको रुपमा महिला ट्वान्टी २० बिश्वकप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ ।

समुहचरण अन्र्तगत समुह बी को अन्तिम खेलमा अष्ट्रेलियालाई ४८ रनले हराउँदै ईण्डिया सतप्रतिशत नतिजासहित सेमिफाइनलमा प्रवेश गरेको हो । चार मध्ये तीनमा जित निकालेको अष्ट्रेलियाले पनि उपविजेताको रुपमा अघिल्लो चरणमा स्थान बनायो ।  ईण्डियाले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया २ बल अगाबै १ सय १९ रनमा समेटियो ।

एलिस पेरीले ३९ रन बनाएपनि अन्य ब्याट्सवुमन चल्न नसक्दा अष्ट्रेलियाले समुह बिजेता बन्ने अवसर गुमायो । अनुजा पाटिलले अष्ट्रेलियाको ३ विकेट लिईन ।  यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ईण्डियाले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ६७ रनको उच्च योगफल तयार पारेको थियो ।

ईण्डियाका लागी स्मृती मान्धनाले ८३ र हारमनप्रित कौरले ४३ रन जोडे ।  आजै भएको अर्को खेलमा आयरल्याण्डलाई ८ विकेटले हराउदै न्युजिल्याण्डले प्रतियोगीताको सुखद अन्त्य गरेको छ । किविज टोली ४ अंकमा समुह बीको तेस्रो स्थानमा रहेपनि सेमिफाइनलमा स्थान बनाउन भने सकेन । समुह बीमा आयरल्याण्डले खातै खोल्न सकेन भने पाकिस्तानले एक खेलमा मात्र जित निकाल्न सक्यो ।  आयरल्याण्डले दिएको ८० रनको लक्ष्य न्युजिल्याण्डले ७ दशमलब ३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो ।

उसको जितमा सोफि डिभाईनले ५१ रनको योगदान गरिन् ।  यसअघि पहिले ब्याटिङ गरेको आयरल्याण्डले ९ विकेटको क्षतीमा ७९ रनको झिनो स्कोर तयार पारेको थियो । गाबे लिविसले ३९ रन बनाएपनि अन्यले उल्लेख्य प्रर्दशन गर्न सकेनन् ।  महिला बिश्वकप क्रिकेटमा समुह ए अन्तरगत बेष्ट ईण्डिज र ईङल्याण्ड तथा बंगलादेश र साउथ अफ्रिकाबिचको खेलले सेमिफाइनल समिकरण पुरा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.