पुरुष मज्जाले रुन सक्ने र महिला मज्जाले हाँस्न सक्ने सहितको लैंगिक समानता आजको आवश्यकता

सन् १९९१ देखि अमेरिका बाट सुरु भएको लैंगिक हिंसा विरुदको १६ दिने अभियान नेपालमा पनि वि.स.२०५४(सन् १९९७) देखि सुरुवात भएको पाईन्छ । अहिले पनि नेपालमा लैंगिक हिंसा र दुरव्यावहार “छैन हामिलाई स्वीकार” भन्ने नारा सहित यो अभियान नोभ्मबर २५ देखि डिसेम्वर १० सम्म चलिरहेको छ । यो अभियानलाई महिलाहरुको अभियान सोचिरहदाँ विगत २८ वर्ष देखि सुरुवात भएको यो अभियानले अहिले सम्म पनि तात्विक सार्थकता पाउन सकेको छैन । यस अभियानलाई लैंगिकत्तासँग नभई महिलासँग मात्र जोडिनु यसको कमजोरि देखिन्छ ।
लैंगिक समानतालाई तबसम्म हामि महिलाहरुसँग मात्र लगेर जोड्छौँ जबसम्म यो अभियानले लिएको कुनै पनि नाराले सार्थकता पाउँने छैन । प्राकृतिक रुपमा जन्मिएको लिंगलाई सामाजिक लिंगिकरण गरिन्छ र त्यसलाई नै साथ दिईरहिन्छ तब सम्म लैंगिक समानताका नाराहरु नारामा मात्र सिमित रहिहन्छन् ।
अहिले पनि हाम्रो समाजले केटा भएर जन्मेकै आधारमा आर्थीक पाटो उसले सम्हाल्नु पर्ने ,बलियो भएर देखाउनु पर्ने, आफुँ भित्र रहेका समवेदनाहरु देखाउन नहुने ऊ जहिले पनि निडर,बलियो ्सामन्तवादी कै भुमिकामा रहनु पर्ने छ भने अर्कोतिर केटि भएर जन्म लिएको कारण मौनताको संस्कारमा रहनुपर्ने, शिलसुवासकी हुनुपर्ने, मज्जाले हाँस्न नहुने, ३२ गुणले युक्त हुनुपर्ने जस्ता मान्यता ज्युँ का त्यूँ छन् यस्ता कारणले केटा लाई कठोर पुरुष र केटीलाइ निरीह महिलाको रुपमा समाजले परभिाषित गरिरहेको छ जसले गर्दा लैंगिक हिंसा घट्नुको सट्टा अझ मौलाउँदै गईरहे पाईन्छ ।
सामाजिक लिंगिकरण लाई हाम्रो समाजले मात्र होईन राज्यको नितिनियमले पनि बढावा दिएको पाईन्छ जस्तैः अहिले हाम्रो नेपालमा तिन तहका निर्वाचन सम्पन्न हुँदा महिलाको तह उप नै हो भन्ने पुष्ट्याई गरि उनिहरुलाई उप पद भन्दा माथि उठ्न नदिएको पाईन्छ । यसले हाम्रो देशमा सामाजिक लिंगिकरण लाई निर्मुल गर्नुको सट्टा झन् बढावा दिएको पाईन्छ ।
प्राकृतिक रुपमा जन्म लिएका हाम्रा साना कोपिलालाई सामाजिक लिंगिकरण तिर नलगि उनिहरुको जिवन निर्वाहका लागि यो समाजले माया, ममता र शिक्षा प्रदान गर्नु आजको आवश्यकता हो ।
हाम्रो समाजमा केटा मान्छे मज्जाले रुन सकेका छैनन् भने केटिहरु मज्जाले हाँस्न सकेका छैनन् जबसम्म दुबैको हाँसो र रोदन बराबरीमा आउँदैन तबसम्म लैंगिक समानताका नाराहरु नारामा मात्र सिमीत रहन्छन् सार्थक रुपमा व्यवहारमा त्यसको महसुस हुदैन् ।

सरस्वति सुबेदी
त्रिभुवन विश्वविद्यालय किर्तिपुर
ग्रामिण केन्द्रिय विभाग किर्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.