श्रम स्वीकृतिलाई विकेन्द्रीकरण गर्दै सरकार

काठमाडौँ – वैदेशिक रोजगार विभागबाट मात्रै दिने गरिएको पुनः श्रम स्वीकृतिलाई सरकारले धमाधम प्रदेश स्तरमा सार्दैछ । केही दिनअघि प्रदेश ५ को बुटवल र प्रदेश २ को जनकपुरबाट पुनः श्रम स्वीकृति दिने व्यवस्था मिलाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबारदेखि गण्डकी प्रदेशको पोखराबाट पनि पुनः श्रम स्वीकृति दिने व्यवस्था मिलाएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

पुनः श्रम स्वीकृति दिने पोखरा कार्यालयको उद्घाटन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र सचिव महेश दाहालले गर्ने मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक दिलीप चापागाईंले अन्य प्रदेशबाट पनि चाँडै पुनः श्रम स्वीकृति दिन थालिने बताए । उनले प्रदेश तहमा स्थापना गरिएका र गरिने कार्यालयले अनुगमनको काम पनि गर्ने बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.