तत्काल स्ववियु निर्वाचनको मिति घोषणा नगरे तालाबन्दीको चेतावनी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिति घोषणा गर्न त्रिभुवन विश्वविद्यालयलाई ४८ घन्टे अल्टिमेटम दिएको छ ।

बुधबार उपकुलपति डा. तीर्थ खनियाँसँग भेट गर्दै अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले निर्वाचनको मिति घोषणा नगरे तालाबन्दी गर्ने चेतावनी दिएको हो ।

विद्यार्थी संगठनसँगको भेटमा खनियाले त्रिवि कुलपतिसमेत रहेका प्रधानमन्त्री र प्रमुख विपक्षी दलका नेतासँग छलफल गर्ने बताए ।

छलफलमा अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सचिव राजकुमार एक्सो, अनेरास्ववियुका केन्द्रीय सदस्य भुषण सुवेदी, क्रान्तिकारीका त्रिवि समितिका अध्यक्ष लोकेन्द्र यरी, अनेरास्ववियु त्रिवि कमिटी अध्यक्ष मदन विष्टलगायत विद्यार्थी नेता सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.